मनिशा अर्याल ,साइप्रस।
साइप्रसको जीवन निकै संघर्षमय छ।तेहि माथी विद्यार्थी जीवन को त कुरै नगरौ।बिकासउन्मुख देश नेपालको हामी नागरिक त्यसमाथि पनि थोरै अभाव र धेरै सम्झौतामा हुर्केका हामी मध्यम वर्गीय परिवारका सदस्य बिदेशमा गएसी त पैसाको रुख नै छ गएर टन्न कमाउनी हो भनेर ठुलो सपनालाई धितो राखी ऋण काटेर साइप्रसको ठुलो जहाज चडछौ।
घरेलु तथा महिला कामदारको लागि निकै राम्रो भन्दै आउने गरेका छन ।तर यहाँको समस्या भोग्नेले मात्र बुझेका छन् । सिमित महिलाहरुलाई भनेजस्तो भएता पनि धेरै महिलाहरुमा केहि न केहि समस्या छ । पछिल्लो तथ्यांकअनुसार साइप्रस आएका मध्ये १४/१५ हजार भन्दा बढी को हाराहारीमा घरेलु कामदार छन् । त्यसमा पनि समस्यामा पर्ने कामदारको संख्या धेरै नै बढी छ ।
यहाँ आइसकेपछि सामाजिक संजालका भित्ताहरुमा जति रंगिन देखिन्थ्यो यहाँको जीवन त्यस पछाडि लुकेको लाखौं पिडाहरु आँखा अगाडि छर्लङ्ग हुन थाल्दछ।साइप्रसको ब्यस्त दिनचार्यले यहाँका मान्छे हरु लगायत बिदेशीहरु लाई पनि एक्लोपन को महसुस गरिरहेको हुन्छ।कतिपय साथीहरूको त घर बाट महिना मर्न नपाउदै घर बाट फोन आउँछ।साहुले घरखेत खान आटिसक्यो।भाइबहिनीको स्कुल कलेज को फि ।घर खर्च चलाउन धौधौ भयो ।इत्यादी प्रश्नहरुको थुप्रो लाग्न थाल्दछ।
यस्तै मानसिक तनाव र एक्लोपन बाट गुज्रिरहेको मान्छेले अन्ततः जीवन समाप्ति को बाटो रोज्दछ।पछिल्लो केही समय देखि साइप्रसमा आत्माहत्या, बलात्कारका घटनाहरु बढदो क्रममा सुन्नमा आउन थालेको छ।मैले देखेको यस घटनाको प्रमुख कारण भनेकै मानसिक तनाव र एक्लोपन हो।
त्यसैले सकेसम्म आउनु भन्दा अगाडि जाने बित्तिकै कमाउने हो यस्तो गर्ने हो उस्तो गर्ने हो भन्ने जस्ता ठुलो महत्त्वाकांक्ष नबोकौ।अवसर नभएको पक्कै होइन , त्यो अबसर प्राप्त गर्न पहिलो आफुलाइ सक्षम बनाऔ।आफुलाइ एक्लोपन मुक्त राख्न साथीभाइ घरपरिवार सङ्ग कुराकानी गरौ ।सुखदुःख साटासाट गरौ ।धैर्य गरौ, संघर्ष बाट पछी नहटौ ।एकदिन सफलता अबश्य मिल्नेछ।
नत्र एयरपोर्ट मा हामी भित्र छिरेपछी हामीलाई देखिउन जेल सम्म हात हल्लाएर बिदा गरेका ती बुढाबुढि बा आमले आफ्नो सन्तान प्रदेशकै माटोमा विलीन भएको कुरा कहिलै बिश्वास गर्न छैन।आकाशमा जहाज उडेको देख्दा पनि मेरो सन्तान यसरी नै कहिले आउला भनेर हेर्नि ती आमाको आखाहरु मुल बाटो तिर हेरेर कुर्न कहिलै थाक्ने छैनन।