
जेठ २४, काठमाडौं । काठमाडैंको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको ८ वटा कार्यपालिका सदस्यहरुको लागि भएको चुनावमा नेपाली काँग्रेसबाट छ जना र एक एक जना नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सदस्यहरु महानगपरापकिलाको कार्यपालिका सदस्यमा निर्वाचित भएका छन ।
आज सो निर्वाचन परिणामको घोषणा प्रमुख निर्वाचन अधिकृत राजुकमार खतिवडाले गर्नु भएको थियो ।
घोषित उम्मेदवारमध्ये पाँचवटा महिला सदस्यहरुमा नेपाली काँग्रेसबाट कन्चना नेपाली, मिना सिंह,मिना सुनुवार,ललिता खडगी र नेकपा एकीकृत समाजवादीबाट मैँया लक्ष्मी महर्जन र दलित सदस्यबाट नेपाली काँग्रेसबाट विनोद आछामी, महेश नेपाली र नेपाल कम्युनिष्ट माओवादी केन्द्रबाट अनिता कार्की ढली निर्वाचित भएका छन ।
३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकामा कुल एक सय ६२ जना कार्यपालिका सदस्य रहेकोमा नेपाली काँग्रेसले कुल १९ वटा वडामा वडाध्यक्षमा जित हारेको थियो । कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत रहे पनि नेपाली काँग्रेसले सहमति अनुसार दुइवटा कार्यपालिका सदस्य गठबन्धन दलका नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट माओवादी केन्द्रलाई छोठेको थियो ।
गत जेठ १४ गते घोषित महानगरपािलकाको मेयरमा स्वतन्त्र उम्मेदबार बालेन्द्र शाह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी थिइन । महानगरपालिकाको ३२ वडामध्ये १९ वटा वडामा नेपाली काँग्रेस ,१२ वटा वडामा नेकपा एमाले र एकवटा वडामा नेकपा एकीकृत समाजवादीले विजय हासिल गरेको थियो ।


