• एनआरएनए कतारद्वारा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार १७:३९

    कतार । गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद एनआरएनए कतार द्वारा कतारमा रहेका नेपालीहरुको स्वास्थ्यलाई लक्षित गरि आगामी २४ जुन शुक्रवार निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

    उक्त निशुल्क स्वास्थ्य परिक्षणमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्ण कतारमा रहेका नेपालीहरुमा गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले अनुरोध गरेका छन ।

    स्वास्थ्य सिबिरमा १५ जना डाक्टरले स्वास्थ्य परिक्षण गर्नुका साथै ईसीजी ,सुगर,बिएमआई,कोलस्टोरल,युरिक एसिडको निशुल्क परीक्षण हुने अध्यक्ष मुक्तदाले बताए । उनले यो अवसर लिन सबै कतारबासिलाई आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु