दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गोरक्षनाथ माविका विद्यार्थीलाई शर्माद्वारा ४ लाख रुपियाँ बराबरको ट्रयाक सुट वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते, बिहीबार १०:४२

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्रा.डा. गोपालरमण शर्माले ट्रयाक सुट उपलब्ध गराएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँका अनुसार वरिष्ठ न्यूरो सर्जन शर्माले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन् । बानियाँले आफूहरुको आग्रहमा उनले ती सामाग्री उपलब्ध गराएको जनाए । विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् । ती सामग्रीको मूल्य झण्डै ४ लाख पर्छ ।


नसासम्बन्धीका डाक्टर शर्माले १७ हजारभन्दा बढीलाई कुशल उपचार गरेका छन् । शर्माले आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क उपचार गरिदिएको पनि बानियाँले जनाए । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी र विद्यालयको समग्र विकासको लागि आगामी दिनमा पनि आफूले सहयोग गर्ने शर्माले बताएका छन् । शर्माले शिक्षा र स्वास्थ्यमा आफ्नो तर्फबाट लगानीसमेत गर्दै आएका छन् । शर्माको योगदानको प्रशंसा गर्दै विद्यालयका संस्थापक, विद्यालय व्यवस्थापन समिति र अभिभावकले उनलाई सम्मान गरेका थिए । शर्माले सहयोग गरेको फोटो विद्यालयको कार्यालयमा राख्ने बानियाँको भनाई छ ।

बानियाँले आफू अध्यक्ष भएर आएपछि विद्यालयले शैक्षिक क्षेत्रमा राम्रो सफलता हासिल गरेको जनाएका छन् । ‘शिक्षामा केही सुधार गर्नुपर्छ भनेर म अध्यक्ष भएको हुँ, लक्ष्यअनुसार अघि बढिरहेको छु’ उनले भने ‘सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण गलत छ, सामुदायिक विद्यालय पनि नमुना बनाउन सकिन्छ भन्ने सन्देश दिनु छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु