दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फ्रिडमको मिश्रित प्रदर्शन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते, बिहीबार १९:५७

फ्रिडमको मिश्रित प्रदर्शन
फ्रिडमले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार मिश्रित प्रदर्शन गरेको छ ।
चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा फ्रिडम ‘ए’ ले खान भाइ खलकलाई ४–० गोलले पराजित गर्दै विजयी सुरुआत ग¥यो । दुई गोल गरेका विजेताका विकर्ण श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । फ्रिडमको ‘बी’ टिमलाई भने जगंवीर युनाइटेडले १–० गोलले हरायो । विजयी टिमका कप्तान विकास कार्की ‘म्यान अफ द म्याच’ चुनिए ।
काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा नुवाकोट दरबार, बौद्ध भेट्रान ‘बी’ र ढोलाहिटीले पनि सफलता पाए ।
नुवाकोटले एएफसीमाथि ८–२ को सहज जित दर्ता ग¥यो । नुवाकोटका मनु गौतम ‘म्यान अफ द म्याच’ ठहरिए । उनले २ गोल गरे । बौद्धले आयोजक चावहिल ‘ए’ लाई ३–० ले निराश पा¥यो । बौद्धका गोलरक्षक राजेन्द्र गौतम ‘म्यान अफ द म्याच’ बने । ढोलाहिटीले आयोजक ‘बी’ माथि टाइब्रेकरमा ४–३ को जित रच्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । ढोलाहिटीका नितिन गुरुङ ‘म्यान अफ द म्याच’ भए ।
प्रतियोगिताको युवा नेता गगनकुमार थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका मोफसलका २ सहित १५ पुरुष टिम सहभागी छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सिक्स ए साइड नकआउट प्रतियोगिताको फाइनल जेठ ३१ गते हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु