
प्रवीण थपलिया, नुवाकोट, शिवपुरी,
नुवाकोटको शिवपुरीमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । शिवपुरी गाउँपालिका–८ काफलडाॅडाका गोकर्ण थपलियाको गोठमा रहेका दुई भैँसी मरेको थपलियाको छोरी दिपिका थपलियाले जानकारी दिइन । गएराति चट्याङ पर्दा दुई भैंसीको मृत्यु हुनुका साथै घरमा रहेको विद्युत सर्किटमा समेत क्षति भएको थियो।


