तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एन्जल्स हार्ट र ओडिसी क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, शनिबार २०:२७

काठमाडौं, जेठ २८ गते ।एन्जल्स हार्ट र ओडिसी इन्टरनेसनल एकेडेमी पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले भ्याली पब्लिकलाई २२–६ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा प्रतीक कँडेलले १४ अंक योगदान गरे । निरज मगरको ११ अंक सहयोगमा ओडिसीले हिमरश्मीलाई १३–१२ को साँघुरो अन्तरले हरायो । सोही स्पर्धामा स्काइलार्कले लालीगुराँस नेसनल एकेडेमीलाई ११–४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनायो । स्काइलार्कका ओजश रायमाझीले ४ स्कोर गरे ।
सिनियर ब्वाइजमा स्किब्सले हिमरश्मीलाई २८–९, एचएचसीएले काठमाडौं ग्लोबललाई ३१–१०, भ्याली पब्लिकले सेबलाई ३८–१२, एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमीलाई ३१–१३ तथा नेपाल मोडेलले भद्रकालीलाई २३–६ ले पन्छ्याए । नेपाल मोडेल बाहेक सबैले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । स्किब्सका युनिक लिम्बूले १२, एचएचसीएका विक्रम तामाङले १०, भ्याली पब्लिकका अनमोल गुरुङले १४, एन्जल्स हार्टका स्पर्श अधिकारीले ९ र नेपाल मोडेलका सागर लामिछानेले ८ अंक जोडे ।
सिनियर गल्र्समा ग्रिनल्यान्ड र भ्याली पब्लिक सेमिफाइनलमा पुगे । ग्रिनल्यान्डले एचएचसीलाई १०–९ तथा भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई २५–५ ले निराश पारे । ग्रिनल्यान्डकी समिक्षा थापाले ६ तथा भ्याली पब्लिककी लोरिशा गौचनले ८ स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु