दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युरो स्कुललाई बृहस्पति एसइइ फुटसल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, शनिबार २०:३७

युरो स्कुललाई बृहस्पति एसइइ फुटसल उपाधि
युरो स्कुलले बृहस्पति एसइइ खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नक्सालथित बृहस्पति विद्या सदनको फुटसल ग्राउन्डमा बिहीबार भएको फाइनलमा काष्ठमण्डप विद्यालयलाई १–० ले पराजित गर्दै युरो उपाधि जित्न सफल भएको हो ।
युरोलाई उपाधि जिताउन कृष थापा मगरले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै युरोले १० हजार रुपैयाँ हात पारेको छ । यस्तै च्याम्पियन टोलीका खेलाडीले बृहस्पति विद्या सदनमा प्लस टु पढ्न चाहेमा शतप्रशित छात्रवृत्ति प्राप्त गर्नेछन् । टोलीमा रहेका ८ जनालाई १ लाख ८० हजार रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । दोस्रो भएको काष्ठमण्डपले ५ हजार रुपैयाँ हात पा¥यो । दोस्रो भएको टोलीले ९० हजार अर्थात ६० प्रतिशत छात्रवृत्ति पाउने छन् । काष्ठमण्डपकी सराह बज्राचार्य प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले ५ हजार रुपैयासँगै ट्रफी हात पारिन् । उनी प्रतियोगिता खेल्ने एक्लो महिला खेलाडी थिइन् ।
विजयी टोली तथा खेलाडीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राकेश श्रेष्ठ, आयोजक बृहस्पतिको प्लस टु इनचार्ज सुरेश काफ्ले, स्टुडेन्ट डेभलपमेन्ट अफिसर मनीष केसी लगायतले पुरस्कृत गरे । नकआउटका आधारमा भएको एक दिने प्रतियोगितामा १६ टोली सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु