दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बाग्मती प्रदेशको दीक्षान्त समारोह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, शनिबार २०:५३

बाग्मती प्रदेशको दीक्षान्त समारोह
नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशले ४२ औं ब्ल्याकवेल्ट ग्रेडिङमा उत्तीर्ण हुन सफललाई शनिबार प्रमाण पत्र प्रदान गरेको छ ।
प्रदेशले दोश्रोबाट तेश्रो डानमा पदोन्नती भएका ५२ जनालाई नख्खुमा आयोजित दीक्षान्त समारोहमा प्रमाण पत्र प्रदान गरेको हो । सहभागी ५२ मध्ये सबै तेश्रो डानमा पदोन्नती भएका हुन् । ग्रेडिङमा बाग्मती प्रदेशका १३ जिल्लाबाटै सहभागी थिए ।
सहभागीलाई उज्ज्वल श्रेष्ठको सहयोगमा पाँचौं डान रामचन्द्र ब्यञ्जनकारले प्रशिक्षण दिएका थिए भने छैटौं डान राजेश प्रजापतिले परीक्षा लिएका थिए ।
नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ, नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले प्रमाण पत्र प्रदान गरे । सोही अवसरमा तेक्वान्दोको विकास र विस्तारमा सहयोग पु¥याएका नवनिर्वाचित मेयर र वडा अध्यक्षलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु