दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हजुरलाई नमस्कार परोपकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते, आईतवार ९:५०

काठमाडौ ।हजुरलाई नमस्कार परोपकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आज काठमाडौँको बाफलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा २७ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेत्री एवं पूर्वमन्त्री कमला रोकाले रगत अभाव भएका बेलामा रक्तदान कार्यक्रम राखेर हजुरलाई नमस्कार परोपकारी संस्थाले राम्रो काम गरेको बताउनुभयो । “रक्तदान पुण्य काम हो, तपाईँले गरेको रक्तदानले अरु कसैको ज्यान जोगिन सक्छ, पुण्य काममा सबै सहभागी बनौँ”, उहाँले भन्नुभयो ।

उहाँले मुलुकमा समाजसेवा गर्ने व्यक्तिको अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम गरेर संस्थाले राम्रो र उदाहरणीय काम गरेको बताउनुभयो । समाजसेवी एवं संस्थाका अध्यक्ष ताराबहादुर कुँवरले परोपकारी संस्थाले चक्रपथ सरसफाइ अभियान, बागमती सरसफाइ अभियान, रक्तदानलगायतका सामाजिक काम गर्दै आएको जानकारी दिनुभयो ।

“हजुरलाई नमस्कार परोपकारी संस्थाले पहिलो चरणमा लगातार १५ हप्ता रक्तदान कार्यक्रम गरेका थियौँ, दोस्रो चरणको रक्तदान कार्यक्रम गतहप्ताबाट सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । सो संस्थाले अनाथ तथा असाहय व्यक्तिलाई समेत सहयोग गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु