दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानको सकृयता देखेर कालिमाटी क्षेत्रका स्थानियहरु दंग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते, सोमबार ५:४६

काठमाडौं । स्वच्छ जिवन जिउन पाउने प्राणी जगतको अधिकारलाई बन्चित गर्ने मानविय स्वभाव लाई परिवर्तन गराउने उदेश्यका साथ गठन भएको स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानको पहलमा भएको सफाइ कार्य देखेर कालिमाटी क्षेत्रका बासिन्दाहरु खुसी भएका छन् ।
एक हप्ता अगाडीमात्र अभियानहरु निस्वार्थ रुपमा स्वतन्त्र भएर चल्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै सामाजिक अभियन्ता मुकुन्द सिलवालको नेतृत्वमा गठन भएको अभियानले आज कालिमाटी क्षेत्रको सफाई अभियान सन्चालन गरेको थियो ।
काठमाडौं महानगरपालिका वडा नं १३ अन्तरगत पर्ने कालिमाटी क्षेत्रमा अत्यधिक फोहर थुप्रिएको भनेर स्थानिय हरुबाट गुनासो आउन थाले पछि सो क्षेत्रमा सफाई गर्न अभियन्तानहरु पुगेका हुन् ।
काठमाडौंकै सबभन्दा पुरानो तरकारी बजार रहेको यो क्षेत्रमा सामान्य अबस्थामा समेत फोहर देखिने गरेको छ ।
फुटपाथ ब्यपार र सानो क्षेत्रफलमा बनेको घरहरुमा धेरै मानिसहरुको बसोबास रहेको यो क्षेत्रमा अनाधिकृतरुपमा फोहरमैला थुप्रने गरेको स्थानियहरु बताउनुहुन्छ ।
काठमाडौं उपत्यका भित्रका आम नागरिकलाई जतिखेर जहाँ अप्ठ्यारो परेपनि सहयोग गर्न पुगिहाल्ने यहि क्षेत्रका बासिन्दा तथा उपत्यका ब्यापि सडक बिस्तार पिडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी को प्रमुख आतिथ्य र प्रहरी वृत कालिमाटी , महानगरपालिका प्रहरी का वातावरण प्रमुख पुर्ण चन्द्र भट्ट , नगर प्रहरी हरु , स्थानिय बासिन्दा तथा बिभिन्न सामाजिक संस्थामा आबद्ध भएका ब्यक्तिहरु र त्यस क्षेत्रमा निजि क्षेत्रको रुपमा फोहर ब्यबस्थापन गर्ने कम्पनिका ब्यक्तिहरु ल्गायत स्वतन्त्र रुपमा वातावरण जोगाउन लागिपर्ने अभियन्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
अभियान को सकृयतामा आज कालिमाटी क्षेत्र बाटमात्र २० गाडी फोहलाई संकलन तथा ब्यबस्थापन गरिएको छ ।
फोहर संकलनका साथै त्यस क्षेत्रमा काठमाडौं महानगरपालिका वातावरण बिभिागले किटनासक औषधि समेत छरेको थियो ।
कार्यक्रममा बालाजु , स्वयम्भु सम्मका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु