• गैरआवासीय नेपाली संघ आईसिसिका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ०५:५१

    काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसिका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट गरि आगामी १६ तारिखमा गर्ने कार्यशाला कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुन आग्रह गरेको छ । उक्त आग्रहपछि प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा उपस्थित रहने कार्यकारी अध्यक्ष कुल आचार्यले बताए ।

    संघका कार्यकारी अध्यक्ष आचार्यको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेट्न गएको थियो । गैरआवासीय नेपाली संघले यही आउने १६ जुन २०२२ का दिन गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विविध विषयमा एक दिने बृहत कार्यशाला कार्यक्रम आयोजना गरेको अध्यक्ष आचार्यले बताए ।
    उनले कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको जनाउदै सरोकारवाला निकायलाई आवश्यक सहयोगको लागी आग्रह गरे । प्रधानमन्त्रीसँग भेटघाटका क्रममा गैरआवासीय नेपालीहरुका विविध सरोकारका विषयमा जानकारी गराएको आचार्यले बताए ।
    संघको प्रतिनिधि मण्डलमा अर्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षद्वय नरेन्द्र भाट, दुर्गा आचार्य, युवा उपाध्यक्ष राज रेग्मी, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले,प्रवक्ता सोम सापकोटा,युरोप संयोजक चिन्तामनि सापकोटालगायतका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो । उक्त प्रतिनिधि मंडलले पररास्ट्रमन्त्री नारायण खड्कालाई पनि भेट गरि कार्यक्रम र गैर आवासिय नेपालीहरुका विविध सरोकारका विषयमा जानकारी गराएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु