दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एन्जल्स हार्टको दुवै टोली सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते, सोमबार १९:१०

काठमाडौं, जेठ ३० गते ।एन्जल्स हार्टको दुवै टोली पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सामेबार सेमिफाइनलमा प्रवेश गरेको छ । एन्जल्स हार्टको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुगेको हो ।
बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर ब्वाइजको क्वाटरफाइनलमा एन्जल्स हार्टले स्किब्सलाई ३७–३२ ले पराजित ग¥यो । एन्जल्स हार्टका लिजेन्ड क्षेत्रीले १६ अंक जोडे ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले ओडिसीलाई १४–४ ले हरायो । विजेताका प्रतिक कँडेलले ६ स्कोर गरे । त्यसै स्पर्धामा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १५–११ ले पाखा लगायो । ग्रिनल्यान्डका कुशल खतिवडाले ६ अंक जोडे । सेमिफाइनलमा एन्जल्स हार्टको भेट स्काइलार्कसंग हुनेछ भने ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) विरुद्ध खेल्ने छ ।
सिनियर ब्वाइजमै एचएचसीए, भ्याली पब्लिक र ग्रिनल्यान्ड पनि सेमिफाइनलमा पुग्न सफल भए । एचएचसीएले लालीगुराँसलाई २६–२२, भ्याली पब्लिकले गोल्डेनपिकलाई ३६–२९ र ग्रिनल्यान्डले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ४७–४४ ले पन्छाए । सेमिफाइनल एन्जल्स हार्ट र भ्याली पब्लिक तथा एचएचसीए र ग्रिनल्यान्डबीच हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु