गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विविध विषयमा एक दिने बृहत कार्यशाला कार्यक्रम आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १ गते, बुधबार ०६:१७

एनआरएनएको १६ जुनमा हुने कार्यशालामा प्रधानमन्त्री, पररास्ट्रमन्त्री र श्रममन्त्रीको उपस्थिती रहने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसिका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवा,पररास्ट्रमन्त्री नारायण खड्का र श्रममन्त्री कृष्ण कुमार श्रेस्ठ’किसान’सँग भेटी आगामी १६ तारिखमा हुने कार्यशाला कार्यक्रममा आतिथ्यताको लागी आग्रह गरेको छ । एनआरएनएको आग्रह पछि प्रधानमन्त्री देउवालगाएतका मन्त्रीहरु उक्त कार्यक्रममा उपस्थित रहने कार्यकारी अध्यक्ष कुल आचार्यले बताए ।
गैरआवासीय नेपाली संघले यही आउने १६ जुन २०२२ का दिन गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विविध विषयमा एक दिने बृहत कार्यशाला कार्यक्रम आयोजना गरेको अध्यक्ष आचार्यले बताए । उनले कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको जनाउदै सरोकारवाला निकायलाई आवश्यक सहयोगको लागी आग्रह गरे । प्रधानमन्त्रीलगाएत मन्त्रीसँगको भेटघाटका क्रममा गैर आवासिय नेपालीहरुका विविध सरोकारका विषयमा जानकारी गराईएको आचार्यले बताए । संघका कार्यकारी अध्यक्ष आचार्यको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलमा अर्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षद्वय नरेन्द्र भाट, दुर्गा आचार्य, युवा उपाध्यक्ष राज रेग्मी,महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले,प्रवक्ता सोम सापकोटा,युवा उपाध्यक्ष अब्दुल वासिद,युरोप संयोजक चिन्तामनि सापकोटा,एनसिसि स्पेन अध्यक्ष शालिकराम डुम्रेलगायतका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।
उक्त प्रतिनिधि मंडलले प्रधानमन्त्री,पररास्ट्रमन्त्री नारायण खड्का,श्रममन्त्री कृष्ण कुमार श्रेस्ठ’किसान’लाई पनि भेट गरि हुदै गरेको कार्यक्रम र गैर आवासिय नेपालीहरुका विविध सरोकारका विषयमा जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु