तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

राष्ट्रिय स्केटबोर्ड पोखरामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १ गते, बुधबार २१:१५

राष्ट्रिय स्केटबोर्ड पोखरामा
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता असार पहिलो साता हुने भएको छ । नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघले बुधबार पत्रकार सम्मेलन गरेर पाँचौ संस्करण राष्ट्रिय प्रतियोगिता पोखरामा असार ६ र ७ गते गर्ने जनाएको हो । पोखरा रंगशालामा रहेको अन्नपूर्ण स्केटपार्कमा आयोजना हुने प्रतियोगितामा २२ देखी २५ जिल्लाका १ सय पुरुष र ३० महिला खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संघको अध्यक्ष अच्युत खनालले जानकारी गराए ।
कोरोना महामारीका कारण प्रतियोगिता समयमा हुन सकेको थिएन । महामारीको अवस्था केही मत्थर भएसँगै आयोजकले प्रतियोगिता पोखरामा आयोजना गर्न लागेको हो । २०१५ देखी सञ्चालनमा आएको यो प्रतियोगिता तेश्रो पटक पोखरामा हुन लागेको हो । बाँकी दुई संस्करण काठमाडौंमा भएको थियो ।
प्रतियोगितामा स्ट्रिट स्केटबोर्ड र पार्क स्केटबोर्ड विधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष अच्युत खनालले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको विजेतालाई थाइल्यान्डमा आयोजना हुने एसियन प्लेट च्याम्पियनसिपका सहभागिताको अवसर दिइने आयोजकले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० तथा तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु