
मनिशा अर्याल ,साइप्रस।गत मे २३ तारिक रामेछाप जिल्ला नमाडि -९ निवासी हाल साइप्रसको लिमासोलमा बस्दै आएकी बर्ष २२ कि सुमिता तामाङको उपचारको क्रममा साइप्रस स्थित जेनेरल अस्पताल निकोशियामा दु:खद निधन भएको थियो ।
घरेलु कामदारको रूपमा साइप्रस आएकि तामाङको अल्पायु मै दु:खद निधन हुन पुगेको गैर आवासिय नेपाली संघ साइप्रस ले जनाएको छ। शव साइप्रसको सम्पूर्ण कागजी प्रक्रिया पूरा गरि आइतबार जुन १९ तारिक नेपाल पठाइदै छ।आउँदो आइतबार दिउँसो १३:०५ समयमा लार्नाका हुँदै कतार एअर लाइन्सको उडान नम्बर QR 266 र दोहा बाट कतार एअर लाइन्सको उडान नम्बर QR 652 मार्फत बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौं मा आफन्तले शव बुज्ने बताएका छन।
दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति अन्तिम हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौं


