
काठमाडौँ । नेपाली बजार सुनको मुल्य प्रतितोला ८०० रुपैँयाले बढेको छ । हिजो बुधबार ९६ हजार ५०० रुपैँयामा कारोबार भएको छापावाल सुन आज (बिहिबार) प्रतितोला ९७ हजार ३०० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन आज प्रतितोला ९६ हजार ८०० रुपैँयामा कारोबार भइरहेको छ तेजाबी सुन हिजो ९६ हजारमा कारोबार भइरहेको थियो ।
त्यस्तै, आज नेपाली बजारमा चाँदीको मुल्य पनि प्रतितोला २० रुपैँयाले बढेको छ । हिजो एक हजार २४५ रुपैँयामा कारोबार भएको चाँदीको मुल्य आज प्रतितोला एक हजार २६५ रुपिैँयामा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।


