दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन श्रममन्त्री श्रेष्ठको अपील

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २ गते, बिहीबार २२:३९

२ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन अपील गर्नुभएको छ । गत वैशाख ४ गतेको मन्त्रिपरिषद वैठकले वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको नियमित योगदान रकम सञ्चित गर्ने, सञ्चित रकमको लगानी प्रतिफल सञ्चयकर्ताले प्राप्त गर्न सक्ने गरी तत्काल कार्यविधि बनाउने निर्णय गरिएको बताउनुहुँदै मन्त्री श्रेष्ठले जीवनको उर्भर समय बिदेशमा खर्ची बुढेसकालमा सहाराको रुपमा कोषबाट सञ्चालित आश्रीत परिवार सुरक्षा योजनाबाट सहयोग प्राप्त हुने बताउनुभयो ।

बैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परी आजिवन काम गर्न नसक्ने गरी अंगभंग भई आजिवन सामाजिक सुरक्षाको आवश्यकता रहेकाहरुलाई पनि कोषले सञ्चालन गरेको अशक्तता सुरक्षा योजनावाट सहायता उपलब्ध हुने मन्त्री श्रेष्ठको भनाइ छ । ठुलो संख्यामा नेपालीहरु बिभिन्न मुलुकमा श्रम गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले जोखिमयुक्त काम गर्न बाध्य श्रमिकको सम्मानित श्रमका लागि सामाजिक सुरक्षा अपरिहार्य रहेको बताउनुभयो ।

आगामी आर्थिक बर्षको बजेटमा पनि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषय उल्लेख गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समिति गठन गरि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आवश्यक पुर्वाधार तयार गरिएको उहाँले बताउनुभयो ।

गन्तव्य मुलुकसँग द्विपक्षीय समझदारी गरि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइनेछ । आगामी पाँच आर्थिक वर्ष (२०७९/०८० देखि ०८३/०८४) मा सम्पादन हुने विभिन्न क्रियाकलाप समेटेर मन्त्रालयले तयार गरेको पाँच वर्षे रणनीतिक योजनामा पनि हामीले सामाजिक सुरक्षा कोषको विस्तारलाई प्राथमिकतामा राखिएको मन्त्री श्रेष्ठले बताउनुभयो । २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवाट भएदेखि नीजि संगठीत क्षेत्रका करिव ३ लाख ४० हजार श्रमिक र १७ हजार रोजगारदाता आवद्ध भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु