दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भारत ब्वाइज÷गल्र्स दुवैमा पहिलो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ३ गते, शुक्रबार २०:०४

काठमाडौं, असार ३ गते ।
भारत नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार पहिलो भएको छ । भारत ब्वाइज÷गल्र्स दुवैमा पहिलो भएको हो ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले पराजित ग¥यो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउदै तेश्रो भयो ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा भारतले श्रीलंकालाई २–१ ले पाखा लगायो । माल्दिभ्सले भुटानलाई ३–० ले पन्छ्याउदै तेश्रो भयो । माल्दिभ्सको प्रशिक्षकमा पूर्व राष्ट्रिय च्याम्पियन नेपालका कुमार अधिकारी रहेका छन् । ब्वाइज÷गल्र्समा पहिलो र दोश्रो हुने राष्ट्र काजाकिस्तानमा हुने फाइनल प्रतियोगितालाई छनोट भइसकेका छन् ।
अन्तिम दिन नेपाली ब्वाइज÷गल्र्स दुवै टोलीले जित आत्मासात् गरे । ब्वाइजमा नेपालले भुटान तथा गल्र्समा बंगलादेशलाई समान ३–० ले पारजित गरे । दुवै टोली फाइनल चरणलाई छनोट हुन सकेनन् । प्रतियोगिताको पाँचौं संस्करण पूरा हुँदा नेपालको कुनैपनि टोली छनोट हुन नसकेको दोश्रोपटक हो । २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा पनि नेपाल छनोट भएको थिएन ।
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल, प्रतियोगिता निर्देशक अजय विष्ट, आईटीएफ प्रतिनिधि जोनाथन स्तब्सलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्र सहभागी थिए । पाकिस्तान बाहेक सबै राष्ट्रबाट ३÷३ ब्वाइज÷गल्र्स खेलाडी सहभागी थिए । पाकिस्तानबाट ३ ब्वाइज खेलाडीले मात्र भाग लिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु