
”
असार ४, काठमाडौं – नेपाल डरी एसोसिएशनको २२औं वार्षिक साधारण सभा एवं ८औं, राष्ट्रिय महाधिवेशन मकवानपुरको हेटौडामा यहि आउँदो असार १० र ११ गते पल्पसा प्यालेसमा सम्पन्न हुँदैछ । १० गते बिहान हेटौंडा बजारमा जनचेतना जगाउने उद्देश्यले दूध सम्बन्धि जानकारी लेखिएका प्ले कार्ड सहित र्याली हुने छ भने दिउसो ३ बजे उद्घाटन समारोह हुनेछ । ११ गते बन्द सत्र सहित आगामी ३ वर्षका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ । यस पटक एसोसिएसनले देशभरिबाट आफ्ना सदस्यहरु आउने हुँदा राष्ट्रिय दुग्ध विकास बोर्डसँगको सहकार्यमा एक दिने डेरी मेला समेत अधिबेशन भएकै स्थानमा १० गते बिहान १० बजेदेखि ४ बजेसम्म आयोजना गरेको छ । मेलामा विद्यालयका विद्यार्थी एवं स्थानीयलाई सहभागी गराइने छ । मेलामा उपस्तिथि गराउन एसोसिएसनले ठाउँ-ठाँउमा ब्यानर, माइकिङ ,पर्चा , पत्रपत्रिका र एफएमबाट प्रचारप्रसार गरिंदै गरेको छ । देशभरिबाट करिब २५० जना डेरी उद्योगीहरुको उपस्थिति रहने कुरा एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए ।
अधिबेशन तयारी लगभग सकिएको र अब बाँकी केही काम पनि एक दुई दिनमा सकिने छ । देशभर अधिबेशन सम्बन्धि जानकारी भइसकेकोछ र सात वटै प्रदेशबाट प्रतिनिधिहरु तयारीमा लागिसकेका छन् । महाधिवेशन भनेको कुनै पनि एसोसिएसनका सदस्यहरुका लागि एक महान पर्व भएकोले यदि कोहि कसैले अधिबेशन सम्बन्धि जानकारी नपाएको भए पनि यसैलाई सुचना मानी सम्पूर्ण सदस्यहरुलाई महाधिवेशनमा सहभागी हुन महासचिव दाहालले अनुरोध गरे।


