• एक्जुकेटिभ सेफ सुवास थापा सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ असार २०७९, शनिबार २०:३५

    काठमाडौ – ग्रान्ड नोर्लिंङ होटल एण्ड रिसोर्टका एक्जुकेटिभ सेफ सुवास थापा “राष्ट्रिय पर्यटन सेवा सम्मान-२०७९” बाट सम्मानित भएका छन् ।

    काठमाडौमा शनिबार फोकस नेपालले आयोजना गरेको समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाहरुको भूमिका’ विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कृतिक समारोहमा प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भव्य समारोहका बीच थापालाई सम्मान गर्नु भएको हो।

    सम्मानित भए पछि थापाले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लाई धन्यबाद दिदै आफ्नो पेसामा अझै डटेर मिहिनेत गर्न ऊर्जा थप्ने कलिनरी टुरिजमको क्षेत्रमा क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

    कार्यक्रममा बिशिस्ट अतिथि पूर्व अर्थमन्त्री शंकर कोइराला,आयल निगमको पूर्व निर्देशक सिताराम पोखरेल समेतको उपस्थितीमा भएको सभामा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान सहित संस्कृति झल्कले सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु