दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ओलम्पिक दिवसमा सुटिङ सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ४ गते, शनिबार २२:४२

ओलम्पिक दिवसमा सुटिङ सुरु
ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा शनिबारदेखि सुटिङ प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । २६ पुरुष र २४ महिला गरी ५० खेलाडी सहभागी छन् । पुरुष÷महिला १० मिटर एयर राइफल र पेस्तोलतर्फ व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् ।
पहिलो दिनको खेल टुंगिदा पुरुष राइफलतर्फ नेपाल आर्मी क्लबका कुमार कार्की ३९३.८, आर्मीकै नारायणसिंह दोङ ३९३.४ र नेपाल प्रहरी क्लबका धनबहादुर विक ३८५.५ अंकसाथ क्रमशः शीर्ष तीन स्थानमा छन् । सो स्पर्धाको महिलामा आर्मीकी सुविना तामाङ ३ सय ९२ अंकमा पहिलो तथा प्रहरीकी रत्ना चौधरी ३५६.३ अंकमा दोश्रो स्थानमा छन् ।
पुरुष पेस्तोलमा प्रहरीका मानबहादुर घले ३ सय ६४ अंकसाथ पहिलो, आर्मीका खेमराज ओली ३ सय ५९ अंकसाथ दोश्रो तथा आर्मीकै आदित्य खड्का ३ सय ५७ अंकसाथ तेश्रोमा छन् । उक्त स्पर्धाको महिलामा आर्मीकी हेमा चौधरी ३ सय ४५ अंकसहित प्रथम, आर्मीकै राधिका घर्ती ३ सय ३६ अंकसहित द्वितीय र ललितपुरकी ज्योति थापा २ सय ६७ अंकसहित तृतीय स्थानमा छन् ।
चारै स्पर्धामा ४ सय पूर्णाङकमा प्रतिस्पर्धा भइरहेको छ । ४ सय पूर्णाङकमा गरेको प्रदर्शनकै आधारमा प्रतियोगिताको अन्तिम दिन मंगलबार स्वर्ण, रजत र कांस्य जित्ने खेलाडीको टुंगो लाग्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु