तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पारा ओलम्पियन सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ४ गते, शनिबार २२:४६

पारा ओलम्पियन सम्मानित
एनपीसी नेपालले चार पारा ओलम्पियन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । एनपीसी नेपालले शनिबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजना गरेको राष्ट्रिय पारा एथलेटिक्स च्याम्पियनसिपका दौरान पारा ओलम्पियनलाई सम्मान गरेको एनपीसी नेपालका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन् ।
सम्मानित हुने पारा ओलम्पियनमा निर्मला ज्ञवाली (ग्रिस), विक्रमबहादुर राणा (लन्डन÷ब्राजिल), मैया विशंखे (लन्डन) र लक्ष्मी कुँवर (ब्राजिल) रहेका छन् । उनीहरुलाई एनपीसीकी अध्यक्ष राधा घलेले प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरिन् ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा भएको एकदिने प्रतियोगितामा विभिन्न २१ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहेको कोषाध्यक्ष सिवाकोटीले जनाएका छन् । हरेक स्पर्धामा पहिलो हुनेलाई १ हजार ५ सय, दोश्रोलाई १ हजार र तेश्रोलाई ५ सय नगद पुरस्कार प्रदान गरियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु