• फिमेल भर्सनमा आयो ‘मेरो बोली सुन्दा’ ( भिडियो )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ असार २०७९, आईतवार १०:१०

    काठमाडौं – मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको ‘मेरो बोली सुन्दा’ बोलको गीत निकै लोकप्रिय छ । गीतमा रुपक डोटेलले स्‍वर दिएका छन् ।

    रिलिज भएको करिव १ दशक पछि यस गीतलाई ‘फिमेल भर्सन’मा सार्वजनिक गरिएको छ । जसमा गायिका सुजाता केसीले स्‍वर दिएकी छन् । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की बिचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।

    मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। गायिका केसीले फिमेल भर्सनमा सार्वजनिक यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेकी छिन्।

    भिडियो लिंक:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु