• दिगो विकास लक्ष्य कार्यन्वयन सम्बन्धी छलफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ असार २०७९, सोमबार १३:४२

    ६ असार २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
    अन्तर्राष्ट्रिय स्तरका विभिन्न दस्तावेजहरु मध्ये दिगो विकास लक्ष्य पनि एक हो । यो दिगो विकास लक्ष्य विशवव्यापी सम्झौता हो । दिगो विकास लक्ष्यको उदेश्य विश्वमा दिनानु दिन बढ्दै गइरहेको गरीबी, सामाजिक, आर्थिक, वातावरणीय असन्तुलन उन्मुलन गर्ने हो ।

    विश्वका १९३ राष्ट्रहरुले सन् २०१५ देखि २०३० सम्म यस्ता समस्याहरु उन्मुलन गर्ने लक्ष्यका साथ काम गरिरहेका छन् । दिगो विकास लक्ष्य अन्र्तगत १६ वटा लक्ष्य र १६९ वटा सहयाक लक्ष्यहरु रहेकाछन् । यी प्रत्येक लक्ष्यहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अन्य नागरिकहरुका साथै अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई पनि संवोधन गरेका छन् ।

    विश्वभरी दिगो विकास लक्ष्यको चर्चा परिचर्चा भैरहेको अवस्थामा अपाङ्गता मानव अधिकार प्रर्वद्धन समाजले यही असार ४ र ५ गते काठमाडौंमा दिगो विकास लक्ष्य कार्यन्वयनमा अपाङ्गता भएका युवा तथा महिलाहरुको प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रमको आयोजना ग¥यो ।
    सो २ दिने कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई स्थानीय सरकारले संवोधन गर्नु पर्ने, स्थानीय सरकारको बजेटमा अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्यक्रम गरिनु पर्ने लगायतका विषयमा छलफल गरियो ।

    यसै क्रममा अपाङ्गता अधिकारकर्मी मुकुन्दहरी दाहालले दिगो विकास लक्ष्यको जानकारी दिदै स्थानीय स्तरबाट नै अपाङ्गता भएका व्यक्तिहरुलाई पनि विभिन्न कार्यक्रमहरुमा सहभागी गराउनु पर्ने, उनीहरुको हक हित र अधिकारका लागि काम गर्नु पर्ने भन्ने सवालमा स्रोत, कार्यक्रम योवना, बजेट, समुदायमा आधारित पुनस्र्थापनाका कार्यक्रमहरु गरिनु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले स्थानीय निकायमा हुने बजेटलाई अपाङ्गता भएका व्यक्तिहरुका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुलाई उपलब्ध गराउनको लागि स्थानीय निकायमा नै पहल गर्नु पर्ने पनि बताउनु भयो ।

    प्रदेश सरकार, बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा २ दिन सम्म सञ्चालित कार्यक्रममा बौद्धिक तथा बहु अपाङ्गता अभिभावक संघकी अध्यक्ष लक्ष्मी काफ्लेले स्थानीय निकायहरुले अपाङ्गता भएका व्यक्तिहरुका विषयमा नै जानकारी नभएको कारण उनीहरुका लागि सञ्चालन गरिने कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकेको, प्रत्येक पालिका, प्रदेश तथा वडाहरुमा अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने, ती निकायका प्रत्येक कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई पनि समावेश गरिनु पर्ने र यस विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले वकालत तथा पैरवी गर्नु पर्ने बताउनु भयो ।

    सो कार्यक्रममा सि.वि.आर. भक्तपुरका संयोजक सुरेश प्रधानले प्रशिक्षक र प्रशिक्षण तालिम र दिगो विकासका लक्ष्य कार्यन्वयनमा अपाङ्गता भएका युवा तथा महिलाहरुको प्रशिक्षक प्रशिक्षण तालिमका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

    प्रस्तुतीकै क्रममा आयोजक संस्था अपाङ्गता मानव अधिकार प्रर्वद्धन समाजका सचिव मदनमान सिंह रोकायले प्रशिक्षण किन र प्रशिक्षकमा हुनु पर्ने गुणहरुको विषयमा र सोही संस्थाका निर्देशक तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निर्वतमान अध्यक्ष सुर्दशन सुवेदीले दिगो विकासका लक्ष्य, कार्यक्रम र अपाङ्गता समावेशीकरणको अवस्थाको विषयमा प्रस्तुतीकारण गर्नु भयो ।

    कार्यक्रमका सहभागी सिन्धुपाल्चोक जिल्लाका शारीरिक अपाङ्गता भएका व्यक्ति केशव अधिकारीले स्थानीय तहका प्रतिनिधिहरु त्था कर्मचारीहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका सवालमा बुझाउन सकेमा यस्ता महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिन सकिने भन्दै आगामी दिनमा पनि वकालत तथा पैरवीका कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी अर्का सहभागी पहिचान नेपालकी अध्यक्ष ईच्छा के.सी.ले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई प्राथामिकताका साथ राज्यले संवोधन गर्नु पर्ने, पालिका वा वडा स्तरका कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता गराइनु पर्नेमा जोड दिदै दिगो विकास लक्ष्यका विषयमा गरिएको यो कार्यक्रम ज्यादै नै उपयोगी तथा जानकारी मुलक भएको बताउनु भयो ।

    कार्यक्रममा भक्तपुर जिल्लाका शारीरिक अपाङ्गता भएका व्यक्ति सुमन पलिखेलले अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाको लागि उपलब्ध गराएको छात्रवृत्तिको उपयोगको अनुगमन गर्नु पर्ने, स्थानीय निकायहरुले अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो । साथै उहाँले आफुहरुले निर्माण गरेको अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाको विषयमा तयार गारिएको सन्देश मुलक भिडियो पनि प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रममा कपिलवस्तुका अर्का सहभागी मेरुदण्ड पक्षघात अपाङ्गता भएकी महिला बसन्ती चौधरीले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले व्यवस्था गरेका सेवा सुविधाहरुको उपयोग गर्न निकै चुनौती रहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुका सवालमा स्थानीय स्तरबाट नै जनचेतना जगाउनु पर्ने बताउनु भयो । साथै उहाँले यस्ता कार्यक्रमहहरु राज्य स्तरबाट देशका सबै स्थानहरुमा आयोजना गरिनर पर्ने कुरामा जोड दिनु भएको थियो ।

    कार्यक्रमको समापनका क्रममा अपाङ्गता अधिकारकर्मी अनिता घिमिरेले राजनीतिक खिचातानीका कारण अपाङ्गता भएका व्यक्तिहरुले आवश्यक बजेट प्राप्त गर्न नसकेको भन्दै समावेशी समहु निर्माण गरी अभियान चलाउनु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी आयोजक संस्था अपाङ्गता मानव अधिकार प्रर्वद्धन समाजकी अध्यक्ष देव कुमारी पराजुललीले दिगो दिगो विकास लक्ष्यका विषयमा सबैलाई जानकारी गराउनु पर्ने र यसको लागि स्थानीय निकायले सक्रियताका साथ कदन चाल्नु पर्ने भन्दै स्थानीय निकायका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गराउने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले दिगो विकास लक्ष्यका विषयमा सबै अपाङ्गता भएका व्यक्तिहरु जानकार हुनु पर्ने भन्दै राज्यका नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गरी कार्यन्वयन गर्नको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो ।

    अपाङ्ग मानव अधिकार प्रर्वद्धन समाजका निर्देशक तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निर्वतमान अध्यक्ष सुदर्शन सुवेदीले दिगो विकास लक्ष्यका विषयमा सबैलाई जानकारी गराउनु पर्ने भन्दै स्थानीय निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवाललाई समावेश गर्दै छिट्टै नै किर्तिपुर नगरपालिका, ताराकेश्वर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरिने बताउनु भयो । साथै उहाँले अबका दिनमा अति असक्त तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको लागि स्थानीय निकायहरुमा सहायता कक्षाको व्यवस्थापन गर्न पहल गर्ने, स्थानीय निकायका कार्यपालिका, नगरपालिका तथा वडा कार्यलयहरुमा अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्नलाई बजेट विनियोजनको लागि पहल गर्ने, अपाङ्गता मैत्री पालिका स्रोत पुस्तिका निर्माण गर्ने लगायतका कार्यक्रमहरु गरिने बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु