दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पोखरामा स्केट बोर्ड सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ६ गते, सोमबार १८:४३

पोखरामा स्केट बोर्ड सुरु
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता पोखरा रंगशालाको अन्नपूर्ण स्केटपार्कमा सोमबारदेखि सुरु भएको छ ।
प्रतियोगितामा विभिन्न जिल्लाका करिब १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेको संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् ।
प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियरतर्फ छात्र÷छात्राको पहिलो चरणको खेलहरु सम्पन्न भएको छ । फाइनलका लागि सिनियर महिला तथा पुरुषबाट ९÷९ जना जुनियर छात्रबाट ९ जना र जुनियर छात्राबाट ३ खेलाडी छनोट गरिने छ । उनीहरुले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । फाइनल चरणको प्रतियोगिताको निर्णायकका लागि भारत र मालदिभ्सबाट दुई जना निर्णायकहरु पोखरा आउने अध्यक्ष खनालले जानकारी दिए ।
फाइनल खेले मंगलबार हुने छ । प्रतियोगितामा उपाधि विजेता खेलाडीले १५ हजार रुपैयाँ, उपविजेताले १० तथा तेस्रोले ५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
कोभिड १९ का कारण करिब दुई वर्षदेखि उक्त प्रतियोगिता आयोजना हुन सकेको थिएन । पोखरामा तेश्रो पटक प्रतियोगिता भएको हो । बाँकी दुई संस्करण काठमाडौमा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु