दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बीसीसी र केसीटीसी सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ७ गते, मंगलवार १८:५६

काठमाडौ ।भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) र काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) ले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा मंगलबार सफलता हात पारेका छन् ।
नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा बीसीसीले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ३८ रनले पराजित ग¥यो ।
बीसीसीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १२४ रन बनायो । बीसीसीका श्रीराजवीर श्रेष्ठले ५४ बलमा ४० तथा विज्ञान अधिकारीले २३ बलमा २२ रन जोडे । त्यसमा श्रीराजले १ तथा विज्ञानले ३ चौका प्रहार गरे । नेक्ससका सोहन ढुंगानाले ३ ओभरमा १० रन खर्चदै ३ विकेट लिए ।
नेक्सस १८.३ ओभरमा अलआउट हुनुअघि ८६ रनमा समेटियो । नेक्ससका राहुल अग्रीले ३१ ब्लमा ५ चौका मद्दतामा ३४ रन बनाए । ‘म्यान अफ द म्याच’ बीसीसीका दक्ष बरालले ४ ओभर बलिङमा ३.५० को औसतमा १४ रन दिदै ३ विकेट लिए । ४ ओभरमै ३.७५ को औसतमा १५ रन खर्चेका बीसीसीकै टकमान चौधरीले पनि ३ विकेट हात पारे ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा मूलपानी क्रिकेट मैदानमा जारी प्रतियोगिताको अर्को खेलमा केसीटीसीले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १ विकेटले हरायो ।
एन्जल्सले पूरा २० ओभर खेल्दै सबै विकेट गुमाएर ९३ रन जोड्यो । एन्जल्सका युनिशविक्रम सिंहले ३९ बलको सामना गर्दै ५१ रन बनाए । उनले ३–३ चौका र छक्का प्रहार गरे । एन्जल्सकै दिवस कुँवरले ८ बलमा १८ रन जोडे । ‘म्यान अफ द म्याच’ केसीटीसीका विनित पन्थीले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए भने एन्जल पौडेलले २ विकेट हात पारे ।
जवाफमा केसीटीसीले १९.४ ओभरमा ९ विकेट क्षतिमा ९४ रन जोड्यो । केसीटीसीका अभिषेक उपाध्यायले ३१ बलको सामना गर्ने क्रममा २७ रन बनाए । एन्जल्सका दिवस कुँवरले ३ विकेट चट्काए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु