• परदेश’ गीतबाट गीतकार प्रकाश योन्जनले पाए सर्वोत्कृष्ट गीतकार अवार्ड

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ असार २०७९, बुधबार ११:५१

    काठमाडौँ – गीतकार प्रकाश योन्जनले यो वर्षको संस्करणमा नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२ मा सर्वोत्कृष्ट गीतकारको उपाधि पाएका छन् । यस वर्ष ‘परदेश’ गीतका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

    टिका बम्जनले संगीत गरेको उक्त गीतलाई पवन लामाले संगीत संयोजन गरेका हुन भने गायक प्रमोद खरेलले गाएका हुन । उमेश गुरुङ्ले निर्देशन, कमलाअमगाइले निर्माण,सम्भु चालिसेले भिडियोलाई छायांकन गरेका हुन । भिडियोमा महेश खड्का,उशा सुवेदी, लोकेश का एम भा र प्रशुना केसीको अभिनय समेटिएको
    छ ।

    सिन्धुपाल्चोक निवासी गीतकार योन्जन `आमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु