• ललितपुरको जिएचसीए सेमिफाइनलमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ असार २०७९, बुधबार १५:३६

    काठमाडौं, असार ८ गते ।
    ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
    जिएचसीए समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । जिएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई हराएको थियो ।
    मूलपानी क्रिकेट मैदानमा जिएचसीएले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १० विकेटले सहजै पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । एन्जल्सले ११.१ ओभरमा पूरै विकेट गुमाएर मात्र ३३ रनको सामान्य योगफल खडा ग¥यो । एन्जल्सका सन्देश भण्डारीले ९ बलमा ८ रन बनाए । बलिङतर्फ ‘म्यान अफ द म्याच’ जिएचसीएका साइमन रोयले ४ ओभरमा १ मेडन फाल्दै १.७५ को औसतमा मात्र ७ रन दिए । अजय यादवले ३ तथा रुपेश यादवले २ विकेट हात पारे ।
    जवाफमा जिएचसीएले ५ ओभरमा विना विकेट क्षति लक्ष्य पूरा ग¥यो । जिएचसीएका अली अक्बर अन्सारीले १६ बलमा १८ तथा लक्की कठायतले १४ बलमा १५ स्कोर गरे ।
    बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा जिएचसीएको काठमाडौं टोली पनि जित निकाल्न सफल भयो । जिएचसीएले कालिकोट जिल्ला क्रिकेट संघलाई ६ विकेटले हरायो ।
    पहिले ब्याटिङ गर्न मैदान प्रवेश गरेको कालिकोटले १२.३ ओभरमा सबै विकेट गुमाउदै ४५ रन जोड्यो । कालिकोटका विश्वास खत्रीले २३ बलमा १२ तथा कृष भण्डारीले २२ बलमा ८ रन बटुले । जिएचसीएका परिक्षित ढकाल र दीपेन्द्र भण्डारीले ४–४ विकेट लिए । ‘म्यान अफ द म्याच’ परिक्षितले ३ ओभरमा १.७० औसतमा ५ रन दिए ।
    जिएचसीएले १२.१ ओभरमा ४ विकेट क्षतिमा ४६ रनको लक्ष्य पूरा ग¥यो । जिएचसीएका अनुभव खनालले १७ बलमा ११ रन जोडे । कालिकोटका म्याट्रिक थापाले २ विकेट झारे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु