• सेयर बजारमा आज पनि गिरावट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ असार २०७९, बुधबार १७:१४

    ८ असार, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा फेरि गिरावट आएको छ । मंगलबार ३७ अंकले बढेर हरियाली छाएको बजार आज फेरि घटेको हो । आज सेयर बजार १ दशमलव २१ प्रतिशतले घटेको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन कारोबार रकम ८४ करोडमा खुम्चिएको छ ।

    बुधबार सेयर बजार मापक नेप्से ३१ दशमलव २१ अंकले घटेर १८९३ दशमलव ५३ बिन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक ५ दशमलव ९४ अंकले बढेर ३६९ दशमलव १५ बिन्दुमा झरेको छ ।

    कारोबार अवधिभर २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको कारोबार भएको छ ।

    मंगलबार १३ वटै सूचकमा हरियाली छाएको थियो तर आज १३ वटै सूचक राताम्य बनेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु