दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चेस ओलम्पियाडका लागि छनोट खेल सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ८ गते, बुधबार १९:४६

काठमाडौ ।भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडका लागि छनोट खेल बुधवार सुरु भयो । काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुष तर्फ १० तथा महिला तर्फ १२ खेलाडी सहभागी छन् । पुरुष तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरियताका विवेक थीङ स्वतः ः छनोट भएका छन् । थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् । यसै गरी महिला तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष बरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने छन् ।
छनोट खेलको बाग्मती प्रदेशका खानेपानी, उर्चा तथा सिचाई मन्त्री वसन्त मानन्धरले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपाल बुद्धीचाल संघका केन्द्रिय सल्लाहकार सुबोधराज सेर्पाली, संघका उपाध्यक्ष नारायण गमाल र ज्ञानेन्द्र खाइजुका साथै काठमाडौं जिल्ला बुद्धीचाल संघका अध्यक्ष नारायण श्रेष्ठ र सचिव प्रविण भडेँलको उपस्थिती थियो ।
पहिलो चरणमा शिर्ष बरियताका खेलाडी रुपेस जययवाल विचको खेल बराबरीमा सकियो । यसैगरी, फीडे मास्टर क्षितिज भण्डारीले प्रकास नेपाललाई हराए । अर्को खेलमा सुरबीर लामाले सजिन मर्हजनसंगको खलमा जित हात पारे । मनीष हमालले कृष्ण थापा तथा मिलन लामाले सुसील चौधरीलाई हराए ।
महिला तर्फको खेलमा कृत्तीसरा अधिकारीले खुस्बु थापा, शान्ती धिमालले आभा पुडासैनी तथा अनिसा न्यौपानले पूर्णीमा गुरुङलाई हराए । यसैगरी बिनिता पालीले पुनम प्रसाइसँगको खेलमा जित हात पारिन् । सिन्दिरा जोशीले सन्तोषी विकबाट वाक ओभर पाइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु