• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ असार २०७९, बिहीबार ११:५४

    काठमाडौँ,९ असार । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु