दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तर वडा टेबलटेनिसलाई पूर्णशंकरको साथ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ९ गते, बिहीबार १८:३२

अन्तर वडा टेबलटेनिसलाई पूर्णशंकरको साथ
स्पिन इभेन्ट्सको आयोजनामा दोस्रो देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगता हुने भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आगामी भदौ २१ देखि २५ गतेसम्म हुने प्रतियोगितालाई समाजसेवी पूर्णशंकर श्रेष्ठले प्रायोजन गर्ने भएका छन् । स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र प्रायोजक श्रेष्ठले बिहिबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे । सो सम्झौताअनुसार प्रायोजक श्रेष्ठले प्रतियोगिता आयोजनाका लागि लाग्ने कुल बजेटको ५० प्रतिशत रकम उपलब्ध गराउने छन् । स्पिन इभेन्ट्सका अध्यक्ष शाक्यले प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपियाँ खर्च हुने जानकारी गराए ।
आयोजकले सात स्पर्धा समावेश प्रतियोगितामा नेपालभरमा रहेका वडाबाट पाँच सयभन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरेको छ । प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल पुरुष भेट्रान्स एकल ४० वर्षमाथि, पुरुष भेट्रान्स एकल ५० वर्ष माथि र पुरुष भेट्रान्स एकल ६० वर्षमाथि इभेन्टमा खेल हुनेछ ।
यस प्रतियोगतामा नेपालका शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् । पुरुष÷महिला एकलमा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । भेट्रानतर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमशः दस हजार, पाँच हजार र दुई हजार पाँच सय रुपियाँपुरस्कार पाउने छन् । टिम च्याम्पियन वडालाई ५० हजार रुपियाँका साथै रनिङ शिल्ड प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु