तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेक्सस सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १० गते, शुक्रबार १८:३७

काठमाडौ ।आयोजक नेक्सस क्रिकेट एकेडेमी यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । नेक्सस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगितामा नेक्ससले आस्था कलेज, झापालाई १५ रनले पराजित ग¥यो । यसअघि नेक्ससले ओसिसलाई हराएको थियो । सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट विजेता सीधै सेमिफाइनलमा पुग्ने प्रावधान छ ।
पहिले ब्याटिङ गरेको नेक्ससले वर्षाका कारण छोट्याइएको निर्धारित १३ ओभरमा ८ विकेट क्षतिमा ७८ रनको योगफल तयार ग¥यो । नेक्ससका सार्थक धितालले ३१ बलमा २ चौका र २ छक्का मद्दतमा ३६ रन जोडे । ‘म्यान अफ द म्याच’ नेक्ससका सन्दिप विष्टले १५ बलमा १८ रन बनाए । उनले २ चौका प्रहार गरे । बलिङमा सन्दिपले २ विकेट पनि हात पारे । आस्थाका दिभ्यम एडले ३ विकेट झारे ।
प्रत्युउत्तरमा आस्था १३ ओभरमा ७ विकेट गुमाउदै ६३ रनमा खुम्चियो । आस्थाका भूपालकुमार डंगालले १९ बलमा १६ रन जोडे । त्यसमा १ छक्का समेल थियो । नेक्ससका अशोक धामीले २ विकेट लिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु