दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ कार्यन्वयन सम्बन्धि सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १३ गते, सोमबार १३:३०

१३ असार २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
कुनै पनि निकायहरुमा विना अवरोध आवत जावत गर्नुका साथै त्यहाँका सेवा सुविधाहरु उपयोग गर्न सक्नु नै पहुँचयुक्त संरचना हो पहुँचयुक्त संरचना सबै नागरिकहरुको लागि आवश्यक हुन्छ । तर पनि हाम्रो देशका अधिकांश निकायका संरचनाहरु अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त छैनन् । विशेषगरी सरकारी निकाय तथा कार्यलय, सार्वजनिक निकायका सेवा सुविधा दिने निकायहरु अपाङ्गता मैत्री नहुदा दैनिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुले चुनौतीको सामना गर्न परेको छ ।
यस्तै समस्याहरुलाई मध्ये नजर गर्दै हिजो आइतबारका दिन राष्ट्रिय शारीरिक अपाङ्ग संघले काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्दिशका २०६९ कार्यन्वयनको अवस्था सम्बन्धि सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।
सो कार्यक्रममा ललितपुर महानगरपालिकाकी महिला विकास अधिकृत शोभादेवी खरेलले ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पहुँचका लागि आफ्नो कार्यलय अपाङ्गता मैत्री बनाउन लिफ्ट, र्याम्पको व्यवस्था गरिएको, बगैचाहरु अपाङ्गता मैत्री बनाइएको, अपाङ्गता मैत्री यातायातको व्यवस्था गरेको र ललितपुर महानगरलाई अपाङ्गता मैत्री नगर बनाउन प्रयासरत रहेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रशासन कार्यक्रम प्रवन्धक मनिष प्रसाईले पहुँचयुक्त संरचनाको नीति र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । यसै क्रममा उहाँले कुनै पनि निकाय पहुँचयुक्त छ वा छैन भनि थाहा पाउनको लागि त्यहा प्रवेश गरी त्यहा भएका सामाग्रीहरुको प्रयोग गर्नु पर्ने बताउदै यस सन्दर्भमा भएका नीति नियमहरुको कार्यन्वयन हुन नसकेको गुनासो गर्नु भयो ।


त्यसै गरी आयोजक संस्था राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले पहुँचयुक्त भौतिक संरचनाका लागि यस संस्थाले स्थापनाकाल देखि नै काम गर्दै आएको भन्दै Glimpse of NAPD Nepal and Accessibility /code को विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । साथै उहाँले संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, आवगमन, अवसर, रोजगार लगायतका सवालमा वकालत तथा पैरवी गर्दै नीति निर्माण तथा कार्यन्वयाम राज्यलाई सहयोग गर्दै आएको बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुका लागि ल्याइएको पहुँचयुक्त भौतिक संरचना तथ सञ्चार सेवा निर्देशिका २०६९ को कार्यन्वयनका लागि सरकोकारवाला निकायहरुको ध्यानकर्षण गर्ने उदेश्यले यो अन्तरक्रिया कार्यक्रमको आयोजना जानकारी गराउनु भयो ।
यसै क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले यो कार्यक्रम ज्यादै सिकाई मुलक रहेको भन्दै अपाङ्गताको विविधतालाई बुझेर पहुँचयुक्त संरचना निर्माणका लागि सबै सरोकारवाला निकायहरु एक जुट भएर लाग्नु पर्ने भन्दै आफ्नो तर्फबाट पनि पहुँचयुक्त भौतिक संरचना निर्माण र निर्देशिका तथा अन्य ऐन कानूनहरु कार्यन्वयनका लागि पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवर्द्धन शाखा प्रमुख तथा उपसिचव जमुना मिश्रले सोही मन्त्रालयले ल्याएको अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ कार्यन्वयनका सवालमा कार्यकपत्र प्रस्तुत गर्नु भयो । सही क्रममा उहाँले अपाङ्गता मैत्री भौतिक संरचना तथा सेवा सुविधा अपाङ्गता मैत्री बनाउन आफ्नै मन्त्रालयबाट सुरुवात गरिएको पनि बताउनु भयो ।
यस अन्तरक्रिया कार्यक्रममा सहभागी अभिभावका सेतीमाया मगरले अपाङ्गता मैत्री भौतिक संरचना नहुदा, सार्वजनिक यातायात अपाङ्गता मैत्री नहुदा र यातायातका चालक तथा सहचालकहरुले अपाङ्गताको विषयमा नबुझ्दा ह्वीलचियर प्रयोगकर्त आफ्नी छोरी र आफुले दैनिक रुपमा चुनौतीको सामना गर्न परेको भन्दै सार्वजनिक यातायातले आफ्नी छोरी ह्वीलचियर प्रयोगकर्ता देखेर यातायातका साधन नरोक्ने गरेको गुनासो गर्नु भयो ।
यसै क्रममा उपत्यका ट्राफिक कार्यलयका प्रहरी निरिक्षक दामोदर भट्टले अपाङ्गता भएका व्यक्तिहरुले सार्वजनिक यातायातमा विभिन्न सम्याहरुको सामना गर्न परेको अवस्थामा यातायातका कर्मचारीहरुले यातायात नरोकेमा, चालक तथा सहचालकहरुले दुर्व्यवहार गरेमा १०३ नम्बरमा फोन गरेर उक्त सवारी साधनकफ नम्बर र कुन रुटमा जाने हो त्यो पनि बताइदिएमा त्यस्ता सवारी साधन र कर्मचारीहरुलाई आवश्यक कारबाही गरिने बताउनु भयो ।
राष्ट्रिय शारीरिक अपाङ्ग संघले काठमाडौंमा आयोजना गरेको सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले पहुँचयुक्त भौतिक संरचना निर्माणका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सरोकारवाला निकायहरुसँग वकालत तथा पैरवी गरिरहेको भएत पनि पूर्ण रुपमा राज्यका निकायका अधिकांश संरचना तथा सेवा सुविधाहरु अपाङ्गतामैत्री बन्न नसकेको बताउनु भयो । तर पनि अपाङ्गता मैत्री भौतिक संरचना निर्मणका लागि वकालत तथा पैरवी गरि रहने कुरामा पनि जोड दिनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु