तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सगरमाथाको सफल आरोहण गरेकी पहिलो नेपाली चिकित्सक डा. प्रिति भुषालद्वारा मनास्लु हिमाल र आमा दब्लम हिमाल चढ्ने घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १३ गते, सोमबार १६:३१

काठमाडौं, १३ असार । नेपाली महिला चिकित्सकको रुपमा गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा. प्रिती भुषालले आगामी अक्टोबर÷नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने भएकी छिन् । डाक्टरी पेशा र हिमाल आरोहणलाई सँगसँगै लिएर जाने उनको भनाई छ । सगरमाथाको सफल आरोहण गर्ने भुषाल पहिलो नेपाली महिला चिकित्सक हुन् ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भुषालले हाई अल्टिच्युड मेडिसिन फिजिसियन (उच्च उचाई चिकित्सक) स्पोर्टस मेडिसिन बन्ने आफ्नो इच्छा जाहेर गरिन् ।
उनले भनिन्,‘आगामी २०२२ अक्टोबर, नोभेम्बरमा मनास्लु हिमाल र आमा दब्लम शिखर चढ्ने मैले योजना बनाएको छु ।’ र, उनले आगामी दिनमा हिमाल आरोहणमा रुची राख्ने तर यो विषयमा कुनै जानकारी नभएका स्वदेशी तथा विदेशी पर्वतारोहीको सहयोगको लागि बाँसबारीमा हिमालयन सेपर्ड इको टुरिजम प्राइभेट लिमिटेडमार्फत काम गर्ने योजना बनाएको बताईन् ।
पत्रकार सम्मेलनको दौरान उनले ‘स्टप पोलुटिङ हिमालयज’ लेखिएको ब्यानरसमेत सार्वजनिक गरेकी थिईन् ।
डा. भुषालले आफ्नो सगरमाथा आरोहणलाई सफल बनाउन आर्थिक सहयोग गर्ने परिवारजन, आफन्त, इस्टमित्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, विश्व स्वास्थ्य संगठन, केजीएच होटेल एण्ड रिसोर्टलाई बिशेष धन्यवाद दिइन् ।
उनले सगरमाथा आरोहणको अनुभव सुनाउँदै ८ हजार भन्दा अग्ला हिमाल चढ्ने हो भने शेर्पा दाजुभाइ दिदी÷बहिनीहरुको सहयोग र राम्रो एक्सपिडिसन टिम बिना असम्भव रहेको पनि स्पष्ट पारिन् ।
डा.भुषालले बाल्यकालदेखिनै डाँडाकाँडा उक्लने, पौडी खेल्ने लगायतमा आफू सक्रिय हुँदै आएको स्मरण गराईन् । उनले मुख्यतयः कोभिड–१९ को लडाईविरुद्ध अग्रपँक्तिमा रहने चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको उच्च सम्मान गर्दै सगरमाथा आरोहण गरेको बताईन् । उनले गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । काठमाडौंमै जन्मिएकी प्रितीको बुवाको जन्मथलो भने अर्घाखाँची हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु