दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डब्लु.बि.सि.मोइ थाईले जुलाई ३० मा दोस्रो डब्लु.बि.सि राष्ट्रिय च्याम्पियन प्रतियोगिताको आयोजना गर्ने, विजेतालाई ८० हजार पुरस्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १३ गते, सोमबार १६:३८

काठमाडौं, १३ असार । डब्लु.बि.सि.मोइ थाईले आगामी जुलाई ३० मा दोस्रो डब्लु.बि.सि. राष्ट्रिय च्याम्पियन प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रतियोगिता भने काठमाडौंको गल्फुटारमा रहेको अनुप्रस्थ ब्यांक्वेट हुने जनाईएको छ ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अन्तराष्ट्रिय मान्यतासहितको डब्लु.बि.सि.मोई थाईको बेल्ट, मेडल तथा प्रमाणपत्रसहित दोस्रो डब्लु.बि.सि. राष्ट्रिय च्याम्पियन प्रतियोगिताको आयोजना गर्नेबारे जानकारी दिइएको हो ।
डब्लु.बि.सि.ले यो राष्ट्रिय प्रतियोगिता महिला खेलाडी डब्लु.बि.सि.मोई थाई राष्ट्रिय बेल्टका लागि भएको जानकारी पनि दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजु राईले च्याम्पियन प्रतियोगितामा प्रथम हुनेले ८० हजार रुपैयाँ र सहभागी खेलाडीहरुलाई पनि नगद २४ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
डब्लु.बि.सि.मोई थाई वल्र्ड गेम आगामी अगष्ट १२ देखि १४ तारिखमा क्यानडामा हुने जानकारी दिँदै उक्त गेममा नेपालबाट दुई जना खेलाडीहरु गेन्जी राई र प्राप्ती बताससहित आधिकारिक बोर्ड सदस्य सहभागी हुने जनाईएको छ ।
‘डब्लु.बि.सि.मोई थाई २००४ मा थाईल्याण्डको बैंककमा विश्व बक्सिङ परिषद अन्तर्गत विश्वभर प्रोफेसनल खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो ।’ राईले भने,‘नेपालका खेलाडी तथा युवाहरुलाई यस खेल प्रति प्रेरित गर्ने र यस खेलका फाइदाहरु बारे जानकारी गराउने, शीर्ष खेलाडीहरुलाई अन्तराष्ट्रिय जगतमा सहभागी गराउने उद्देश्यका साथ संस्थाको स्थापना गरिएको हो ।’
उनले आफ्नो संस्था नेपालमा मोइ थाई खेलको विकास एवं मोइ थाई खेल संस्कारको प्रबन्धन गर्ने उद्देश्यले स्थापना भएको पनि दाबी गरे । कार्यक्रममा संस्थाको पदाधिकारीहरुलाई प्रमाणपत्र र सम्मानपत्र वितरण गरिएको थियो । कार्यक्रमबाट सल्लाहकार विमल शर्मा, सुर्दशन गिरीलगायत सम्मानित भएका थिए ।
यसको प्रधान कार्यालय थाइल्याण्डको बैंककमा रहेको छ । उक्त खेलको सम्पुर्ण नीति÷नियमहरु खेल प्राधिकरण थाईल्यान्डले नै निर्धारण गर्दै आएको जनाईएको छ । नेपालमा भने यो संस्था बुढानिलकण्ठ नगरपालिका–५ डाँडागाउँमा रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु