दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खुला महिला भलिबल भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १३ गते, सोमबार १९:४६

काठमाडौ ।बाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा न्यु डायमन्डसहित नेपाल एपीएफ क्लब, नेपाल प्रहरी क्लब र काठमाडौंको परोपकार आदर्श मावि गरी ४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । तेश्रो र चौथोले तेश्रो स्थानका लागि खेल्ने छन् ।
शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता आयोजना गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने बताइएको छ । आयोजकले ५०÷५० प्रतिशत रकम व्यहोर्ने छन् । प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य मध्ये एक न्यु डायमन्डको भलिबल कोर्ट निर्माण गर्न सहयोग जुटाउनु पनि हो । नगद पुरस्कार प्राप्त गर्ने टिमले २० प्रतिशत न्यु डायमन्डलाई उपलब्ध गराउनु पर्ने प्रावधान रहेको छ । टिकटको शुल्क नराखिएपनि दर्शकले कोर्ट निर्माणका लागि आफ्नो इच्छा अनुसार सहयोग गर्न पाउने छन् । चारदिने प्रतियोगितका खेलहरु कीर्तिपुरस्थित कभर्डहलमा हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु