दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साइप्रसमै ज्यान गुमाएकी पौडेल को शब दोहा कतार हुँदै नेपाल पठाइदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १४ गते, मंगलवार ०:३७

मनिशा अर्याल , साइप्रस
गत मे २९ तारिख (जेठ १५)नेपाल घर दोलखा जिल्ल भै हाल रोजगारीकै शिलशिला करिब ८ बर्ष अघि घरेलु कामदार भिजामा साइप्रसको लिमासोल मा बस्दै आएकी बर्ष ४६ कि बिध्या पौडेलको दु:खद निधन भएको गैरआवसिय नेपाली संघ साइप्रसले जनाएको थियो। घटना भए लगतै गैरआवसिय नेपाली संघ साइप्रस निरन्तर परिवारको सम्पर्क मा रहेको र उक्त मृतकको शव साइप्रसको सम्पुर्ण कागजी प्रक्रिया पूरा गरि नेपाल पठाउन लागिएको बताएको छ।शव व्यवस्थापन गर्न वैदेशिक रोजगार विभाग, इजरायल, अवैतनिक राजदुतावास निकोसिया, एनआरएनए साइप्रसको पहलमा भएको गैरआवासिय नेपाली संघ साइप्रसका अध्यक्ष कुन्दन कार्कीले जानकारी दिनुभएको छ।सम्पूर्ण प्रक्रिया मा सहयोग पुराउनु हुने मृतक का दिदि इजरायल स्थित योशादा खड्का र साइप्रस स्थित समाज सेवी प्रमिला खड्कालाई धन्यवादसमेत दिनु भएको छ।
पौडेल को शव यहि आउदो २९ तारीख १.०५ समयमा लार्नाका हुँदै कतार विमानस्थल एअर लाइन्सको उडान नम्बर QR266 र फेरि कतार एअर लाइन्सको QR652 मार्फत जुन ३० बिहान ९.०० बजे अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण हुने छ।शव निजका श्रीमान बिष्णु पौडेल लगायत आफन्तीले बुज्ने गैरआवसिय नेपाली संघ साइप्रस ले जानकारी दिएको छ।
शोकको यस दु:खद घडिमा मृतक पौडेल को निधन प्रती नेपाली दुताबास इजरायल ,अवैतनिक राजदुताबास साइप्रस,एनआरएनए साइप्रस लगायत साइप्रस स्थित सम्पुर्ण संघ संस्था र साइप्रसबासि नेपालीले गहिरो दुःख व्यक्त समेत गरेको छ।दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति अन्तिम हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना समेत गैरआवासीय नेपाली संघ साइप्रस ले गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु