बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

युवा तथा खेलकुद मन्त्रीलाई बुझाईयो ज्ञापन पत्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १४ गते, मंगलवार ०४:३१

१३ असार २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं

अन्य व्यक्तिहरुलाई जस्तै अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि खेलकुद अति आवश्यकता हुन्छ । यस्तै आवश्यकतालाई महशुष गर्दै अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई खेलकुदमा सहभागी गराउन सफल भएका छन् । यस्तै विभिन्न संस्थाहरु मध्ये अपाङ्गता भएका व्यक्तिहरुका लागि बोसिया संघ पनि एक हो । यस संस्थाले मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोपी, स्पाइना विपफिडा र पूर्ण तथा अति असत्तऽ अपाङ्गता भएका व्यक्तिहरुलाई बोसिया खेल खेलाउदै आएको छ ।
यसै क्रममा अपाङ्गता भएका व्यक्तिहरुक लागि नेपाल बोसिया संघले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ( अथक) ज्यूलाई अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासको लागि आवश्यक व्यवस्था मिलाइदिनु हुन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।
सो ज्ञापन पत्रमा देशभित्र रहेका खेलकुदका संरचनाहरु अपाङ्गता मैत्री बनाइनु पर्ने, आवश्यकता अनुसारको तालिमको व्यवस्था गरिनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताको आयोजना गरिनु पर्ने, बोसिया खेल सम्बन्धि तालिम दिने प्रशिक्षकहरुलाई दरवन्दी सृजना गरी नेपाल सरकारबाट पारिश्रमीकको व्यवस्था गर्नु पर्ने लगायतका अन्य सवालहरु समावेश गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमा देवी पौडेलले उक्त ज्ञापन पत्र पढेर सुनाउदै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ( अथक) ज्यूलाई हस्तान्तरण गर्नु भएको हो ।
यसे क्रममा नेपाल पाराओलम्पिक कमिटिका अध्यक्ष दिपक कोइरलाले अपाङ्गता भएका व्यक्तिहरुले दृष्टिविहिन क्रिकेट, ह्वीलचियर बास्केटबल, टेबुल टेनिस, पौडी, दौड, फुटबल लगायतका खेलहरु खेल्दै आएको बताउदै उनीहरुको खेलकुदको विकासको लागि राज्य स्तरबाट प्रशिक्षक र प्रशिक्षणको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले खेलकुदले व्यक्तिको आत्म विश्वास बढाउन सहयोग गर्नुका साथै शारीरिक अभ्यास पनि हुने हुदा अपाङ्गता भएका व्यक्तिहरुका लागि अति आवश्यक हुने र यसको दीर्घकालिन विकासको लागि राज्यले विभिन्न कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो भने अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन जीवन पद्धती केन्द्र काठमाडौंका महासिचव गणेश के.सी.ले अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासका लागि नेपालमा भएका दुइ पाराओलम्पिक संस्था मिलेर एउटै हुन जरुरी रहेको बताउनु भयो ।
त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघकी सदस्य अनिता घिमिरेले समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रति भएको नकारात्मक दृष्टिकोणलाई खेलकुदका माध्यमबाट जनचेतना जगाउन सकिने हुदा अपाङ्गता भएका व्यक्तिहरुका लागि खेलकुद अति नै आवश्यक रहेको बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघले हस्तान्त्रण गरेको ज्ञापन पत्र बुझ्दै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ( अथक) ज्यूले यस ज्ञापन पत्रमा उल्लेख गरिएका सवालहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा सदस्य- सचिव ज्यूहरुसँग छलफल गरेर अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासको लागि आवश्यक सहयोग गर्न प्रतिद्धता व्यक्त गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु