तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मृगौला पिडित प्रतिमालाई आर्थिक सहयोग हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १४ गते, मंगलवार ५:०६

प्रकाश थापा-काठमाडौ । सेवानै धर्म हो भन्ने मूल नारा हो” भन्ने मुल नाराका साथ संचालित पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले मृगौला पिडित प्रतिमा थापालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

गुल्मी पिपलधाराबाट बैदेशिक रोजगार रहनुभएका युवाहरु द्वारा संचालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिती बिश्व संजाल गुल्मिले मृगौला रोगको उपचार गराईरहनु भएकी धुर्कोट २ पिपलधारा डुङ्ग्रीबास निबासी राम बहादुर थापाको छोरी प्रतिमा थापाको लागि ३० दिने ‘प्रतिमा थापा बचाउ अभियान’संचालन गरि संकलन भएको पाँचलाख पाँच सय पच्पन्न शनिवार काठमाडौं मा हस्तान्तरण गरेको छ।

बिगत २ बर्ष देखि काठमाडौ मा डाइलसिस गराइरहेकी प्रतिमाको लागि स्वदेस तथा बिदेसमा रहेका युवाहरु द्वारा संकलित रकम संस्थाका सल्लाहकार (पुर्ब अध्यक्ष) कमल जि.सि.रबिन महत,कमल जि.सि.,बिष्णु खत्री उदिना नेपाल सुचना तथा संचार संयोजक प्रकाश थापा लगाएत सस्थाका अन्य सदस्यको उपस्थितिमा कार्यक्रम मार्फत चेक हस्तान्तरण गरेका छन।

संस्थाको विभिन्न पदमा रहि आर्थिक संकलनको लागि पहल गर्नुहुने अध्यक्ष अमृतकुमार खड्का,उपाध्यक्ष लक्ष्मण जि.सि.महासचिव मेहरसिंह बस्नेत सचिब कमल आर बस्नेत,कोषाध्यक्ष राम प्रसाद खनाल सहसचिव बिक्रम जि.सि.(विल्सन) दुर्गेस महत,बाबुराम खड्का(प्रेम),लिला जि.सि.,कमल जि.सि.(तल्लार),कृष्ण बस्नेत,राम प्रसार घिमिरे,नारायण थापा,नवीन महत,बाबुराम खड्का भारत,प्रीतम खड्का,टोप बहादुर गौतम,रबिन महत,प्रकाश थापा,अमिर खड्का,टंक महत,झबिन्द्र थापा ज्ञान बहादुर जि.सि. लगायतले सहयोग गर्नु भएको थियोे ।

सहयोग हस्तान्तरणमा समाजसेवी छवि खनाल र सैलेन्द्र बिक्रम थापा (सुजन) स्वयम् उपस्थित भइ बिरामी लाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो।

यस संस्थाले स्थापना कालमा एम्बुलेन्स हस्तान्तरण,शिक्षा,स्वास्थ्य,दिनदुखी,अग्निपिडित,भुकम्प पिडित लगायत विभिन्न क्षेत्रमा सहयोगको लागि आफुहरुको खाजा खर्च कटाएर बचाएको रकम सोही वडामा आइपरेका समस्याहरुको सहजताको लागि हातेमालो गर्दै आइरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु