
काठमाण्डौं । नेपाल उद्योग बाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष, महिला उद्यमी,बरिष्ठ सौन्दर्यबिद शुष्मा महरा राष्ट्रिय महिला उधमी सम्मान २०७९ बाट सम्मानीत हुनुभएको छ ।
एस.एस हस्पिटालिटी सोलुसन प्रा.लि को तेश्रो बार्षिकोत्सबको अवसरमा नेपाल पर्यटन बोर्डमा बुधबार आयोजना गरिएको बिशेष कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महरालाई सम्मान गर्नुभएको हो ।

नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने फेसियल हाउसकी प्रबन्धक रहनु भएको महराको लगानीमा रहेका बिभिन्न उद्योगमा एक सय बढीले रोजगारी पाएका छन् ।
मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीले सर्भिस लिने गर्दछन् । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर,फेस, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदै आएको छ । फेसियल हाउसले काठमाडौंको काठमाडौं मल सिटिसि मल , चावाहिल ,पोखराको पोखरा ट्रेडमल र सुर्खेतको न्युरोड बाट सेवा दिदै आएको छ ।


