
काठमाडौ । नेपाल डेरी एसोसिएशनको अध्यक्ष तथा सामाजिक अभियान्ता प्रल्हाद दाहाल सम्मानित भएका छन् ।
एस.एस हस्पिटालिटी सोलुसन प्रा.लि को तेश्रो बार्षिकोत्सबको अवसरमा नेपाल पर्यटन बोर्डमा बुधबार आयोजना गरिएको बिशेष कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीले दाहाललाई सम्मान गर्नुभएको हो ।
सम्मानित दाहाल काभ्रे जिल्ला, पनौती नगरपालिका, कुशादेवीमा अवस्थित हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टरका सञ्चालक एवं बागमती प्रदेश राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्य लगाएत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ। दाहल विगत १७ वर्षदेखि एसोसिएसनको साधारण सदस्यदेखि केन्द्रिय सदस्य एक कार्यकाल , तीन कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष पदमा रहि काम गरिसक्नु भएको छ । वहाँ यहि असार १० र ११ हेटौंडामा सम्पन्न ८ औं राष्ट्रिय महाधिवेशनबाट आगामी ३ वर्षका लागि सर्वसम्मत रुपले अध्यक्षमा निर्वाचित हुनुभएको हो।
सम्मानित भएपछि दाहालले खुसि ब्यक्त गर्दै आफूलाई सम्मानित हुन लायक सम्झेर सम्मान गरेकोमा एस.एस हस्पिटालिटी सोलुसन प्रालिका अध्यक्ष नरेन्द्र प्रसाद अधिकारीलाई धन्यबाद दिंदै बिभिन्न सामाजिक संघ–संस्थाहरुमा आवद्ध भई सामाजिक सेवा मार्फत राष्ट्र निर्माणमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताउनुभयो।


