तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अखिल(क्रान्तिकारी)ले धान रोपेर मनायो असार १५

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १६ गते, बिहीबार १२:३३

कमल राज पुरी
काठमाडौ ।माओवादी(केन्द्र)निकट अखिल(क्रान्तिकारी)ले बुधबार काठमडौमा धान रोपेर असार १५ अर्थात धान दिवश मनाएको हो ।
काठमाडौको तारकेश्वर स्थित एम. डि. एस बहुउद्धेशिय कृषी केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न स्कुल र कलेजका बिध्यार्थीहरुसँगै धान रोपेर क्रान्तिकारीले धान दिवश मनाएको हो ।
अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह महासचिव दिपेश पुन सहितका नेता कार्यकर्ताहरुले धान रोपेर असार १५ मनाएको अखिल(क्रान्तिकारी)का नेता यादव ढुङ्गानाले बताए ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि ओेपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।नेपाली कृषकहरु वर्षभरका लागि खाध्यान्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिने चलन छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गर्ने प्रचलन रहि आएको छ ।
गर्मीको यो समय रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन समेत गर्ने गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा छ ।
औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नु धेरै अघि देखी नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति रहिआएको छ ।
माओवादी केन्द्र)काठमाडौ निर्वाचन क्षेत्र ५ की इन्चार्ज कल्पना शर्माले संयोजन गर्नुभएको कार्यक्रमा एम. डि.एस कृषी केन्द्रका संचालकहरु सहित विभिन्न आाधा दर्जन स्कुलका बिध्यार्थी र शिक्षहरु समेत सहभागी रहेको बिध्यार्थी नेता ढुंगानाले जाकारी दिए !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु