• बिजुक्छे निवासमा डा.अहिराज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार २०:०८

    काठमाडौं, १७ असार । वरिष्ठ वामपन्थी नेता एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे देशभक्तिको सवालमा सतिसालझैं रहेको निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले बताएका छन् ।
    पत्नीशोकमा रहेका बिजुक्छेको भक्तपुरस्थित निवासमा शुक्रबार पुगी समवेदना प्रकट गर्दै डा.अहिराजले सो कुरा बताएका हुन् ।
    राष्ट्रियता र देशभक्तिको सवालमा सधैं अटल रहने बिजुक्छेको राजनीतिक यात्राबारे प्रशंसा गर्दै उनले भने, ‘नेपालका राजनीतिज्ञहरुले नारायणमान बिजुक्छेबाट देशप्रति समर्पण र त्याग सिक्नुपर्छ ।’
    उनले राष्ट्रियता र देशभक्तिप्रति बिजुक्छेको सिद्धान्तलाई प्रसंशा गरेका छन् ।
    बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा असार ८ गते निधन भएको थियो ।
    डा.अहिराजले बिजुक्छेको भक्तपुरस्थित निवासमै पुगी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु