• भरत र नवयुग सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार २०:२९

    काठमाडौ ।नेपाली फुटबल खेलाडीद्धय नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित भएका छन् । मेरिल्याण्डको स्टेट १० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् । अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि भरत र नवयुग बिहिबार अमेरिका पुगेका हुन् । प्रतियोगिताको आयोजक मेरिल्याण्ड एथ्लेटिक क्लबले आयोजना गरेको कार्यक्रममा दुबैलाई नेपाली फुटबलमा पुर्याएको योगदानका लागि सम्मान गरेको हो । सोहि कार्यक्रममा विभिन्न क्षेत्रबाट अमेरिकाको बाल्टिमोरमा सहयोग गरेका निकायका प्रतिनिधीलाई पनि सम्मान गरिएको छ । यस्तै कार्यक्रममा सुदूरपश्चिम समाज बाल्टिमोरका युवा समाजसेवी तथा बानाका बोर्ड अफ डिरेक्टर र खेलकुद बिभागका उप–संयोजक बिक्रम शाही पनि सम्मानित भएका छन् । सम्मानित हुनेमा साथी बाल्टिमोरका अध्यक्ष रमेश भट्ट, सोहि संस्थाका क्रिकेट डाइरेक्टर उत्सब सिग्देल, बिश्व किरण थापा, सुमन क्षेत्रीसँगै एनआरएनए मेरिल्याण्ड च्याप्टरका सचिव प्रविण खड्कालाई पनि सोहि कार्यक्रममा सम्मान दिइएको हो । कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउन आएका सबै टिमका खेलाडीलाई स्वागत मन्तब्य दिएका थिए ।
    यस्तै एनआरएनए एनसीसी अमेरिकाका सचिव अनुप खनाललाई पनि बाल्टिमोरमा पुर्याएको योगदानको कदर गर्दै डिस्ट्रिक्ट ८ का डेलिगेट्स कार्ल ज्याक्सन, हेरी भण्डारी र जोसेफ सी बोट्लरले सम्मान गरे । यस्तै मेरिल्याण्डमा रहेको विभिन्न समाजका प्रतिनिधीलाई पनि सोहि कार्यक्रममा सम्मानित गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु