व्यूँझेँ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २१, मंगलवार ०६:४७

शिव अधिकारी
व्यूँझेँ आज झल्यास्स चिन्तन बढ्यो यो देश नै दुख्छकी
उर्लेको जल शिरबाट शिवको आजै यसै सुक्छकी
सफा स्वच्छ हिमाल कंक्रिट हुँदै कालो बने के हुने
खोला नदि समून्द्र सुक्दछ भने को हुन्छ होला रुने ।। १ ।।
मान्छे मूर्ख बनेर आफू भरिको सम्पन्नतामा भुल्यो
आफ्नाको अरुको विभेद बिचको पाखण्डमा अल्झियो
जान्ने केही गरौँ भने समझमा मान्छे थियो धर्तिमा
विर्सि आफू समानकाहरु सगै अल्झिन्छ त्यो स्वार्थमा ।। २ ।।
यस्तै मात्र हुँदै गए धरती यो मासिन्छ पक्का भयो
यस्तो त्राशदी पार गर्न दुनिया लागे सपारिन्छ यो
यै जानी दुनिया सगै मिलि जुली साझा कला संस्कृति
जोगाउँ अब जीव जात सबको धर्ति छ यो संपत्ति ।। ३ ।।
त्यागी स्वार्थ विभेदजन्य झगडा सम्वन्ध गाडा बनोस
धर्तिको सुसमा सबै संगसगै लागी सुरक्षित रहोस
आफ्नै संस्कृति धर्म कर्म छ जे संझेर जागा बनि
धर्तिले जति जे दिदैछ अहिले बर्दान हो त्यो भनि ।। ४ ।।
लागौँ गर्न सुधार बुद्ध युगको शिक्षा छ साझा हुने
जागौँ धर्ति सिगार्न एक जुट भै क्वै हुन्न फेरी रुने
कैल्यै दुख्नु हुँदैन देश शिवले रक्षा गरेकै छ यो
पिडा छट्पटी छ आज सहजै मेटिन्छ पक्का भयो ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु