तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रिमियरमा फुटसल र बास्केटबलको तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २१ गते, मंगलवार २०:२३

प्रिमियरमा फुटसल र बास्केटबलको तयारी
प्रिमियर इन्टरनेसनल आईबी इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम एसइइ कपअन्तर्गत फुटसल र बास्केटबल प्रतियोगिता असार २६ गतेदेखि हुने भएको छ ।
दुवै खेलमा बढीमा २४ टिमलाई मात्र सहभागी गराइने प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन् । ब्वाइजतर्फ मात्र प्रतिस्पर्धा हुनेछ । बास्केटबल थ्री बाइ थ्री स्वरुपमा हुनेछ । गल्र्समा भने २ सातापछि बास्केटबल प्रतियोगिता आयोजना गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।
फुटसलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बास्केटबलमा पहिलोलाई ३५ हजार र दोश्रोलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु खुमल्टारस्थित आयोजकको आफ्नै पूर्वाधारमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु