
२४ असार, काठमाडौं । गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ ।
जापानको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको अवस्थामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो । उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरी उपचार गरिएको थियो ।


