दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निर्धारित मितिमै खेलकुद हुन्छ ः खेलकुद मन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २४ गते, शुक्रबार १८:४४

काठमाडौं, असार २४ गते ।

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताउनु भएको छ ।

काठमाडौंमा शुक्रबार सम्पन्न प्रतियोगिता मुल आयोजक समितिको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताउनु भएको हो ।

कोभिडका कारण लामो समयदेखी रोकिएको प्रतियोगिता सञ्चालन गरेर खेलकुद क्षेत्रमा देखिएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले भब्य रुपमा प्रतियोगिता संचालन हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो ।

“यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरी प्रतियोगिता संचालन गर्ने छौंै । उपयुक्त मौसमलाई छनोट गरी दशैँ सकेर प्रतियोगिता संचालन हुने छ । त्यसले खेलाडीलाई झनै खुशी दिने छ” मन्त्री गहतराजले भन्नुभयो, “मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ ।”

मन्त्री गहतराजले प्रतियोगिता आयोजनाकालागि पोखरामा भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताउनुभयो ।

नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप मन्त्री गहतराजको अध्यक्षतामा मुल आयोजक समितिको पहिलो बैठक काठमाडौंमा बसेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पेश गर्नु भएको विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो । सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदलाई ऐतिहासिक बनाउन सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको बताउदै राष्ट्रिय पर्वका रुपमा रहेको बृहत खेलकुदलाई सफल बनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिनुभयो ।

मुख्य निर्णयहरु ः

१) प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने ।

२) प्रतियोगिताकालागि १४ वटा उपसमिती गठन गर्ने ।

३) प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।

४) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिष्पर्धा गराउने ।

५) नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लागु हुने गरी मुख्य ट्रफी बनाउने र उक्त ट्रफीलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने ।

६) लगातार तिन वटा प्रतियोगिता विजेतालाई ट्रफि प्रदान गरीने ।

७) प्रतियोगिताकालागि ६० करोड बजेट स्विकृत ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु